नेपाल अहिलेसम्म आफ्नो खुट्टामा उभिन सक्ने मुलुकको रुपमा स्थापित हुने बिभिन्न प्रयासहरु गरिरहँदा नेपालमा आएका साना ठूला धेरै परिवर्तनहरुले कँही कतै राम्रो सन्देश दिन खोजीरहेको देखिन्छ । कतिपय समयमा आएका बिपत्तीहरुले समेत आम नागरिकहरुमाथि चुनौती थपिदिएको हुन्छ ।
नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्ने बिषयहरु धेरै समयदेखि चर्चा परिचर्चामा रहँदै आएका छन् । जनताले आफ्नो अधिकार स्थापनाका लागि गरेका बिभिन्न आन्दोलन र त्यसको आधारमा गरिएका बिभिन्न सम्झौताहरुले नेपालमा स्थायी शान्तिको खोजी गरिरहेको छ । पछिल्ला दिनहरुमा नेपालले संविधान जारी गरेर नागरिकहरुका अधिकार स्थापनाका लागि महत्वपुर्ण जिम्मेवारी पुरा गरेको छ ।
यो परिवर्तन सँगै बिनाशकारी भुकम्पले फेरी आम नापालीहरुको मुहार मलिन बनायो करोडौंको क्षती भयो, हजारौंले ज्यान गुमाए। भूकम्पले क्षतिग्रस्त बनाएका भौतिक संरचनाको पुनर्निर्माणको विस्तृत खाका प्रधानमन्त्रीले सदनमा पेस गरेका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको खाकाबारे गराईएको जानकारीको सामान्य बिश्लेषण गर्ने हो भने करिव दश बर्ष नेपालको पुर्न निर्माणका लागि सबै दल एकमत हुनुपर्ने र यो सँगै संविधान कार्यान्वयनका लागि अघि बढ्नुपर्ने देखिएको छ ।
सत्ताको फेरवदलका लागि गरिएका कतिपय कसरतहरुले कुनै पार्टी, व्यक्तिलाई फाईदा होला तर नेपाल र नेपालीहरुको दिर्घकालिन हित भनेको राष्ट्रिय सहमतीको सरकारनै मुख्य कुरा हुने भएकोले ठूला दल र शिर्ष नेतृत्वहरुले त्यसतर्फ ध्यान दिन सके राम्रो होला ।








